दुखत खबर, नेपालगञ्ज विमानस्थलमा औषधि बोकेको विमान दु*र्घटनामा

काठमाडौं :-  नेपाल वायुसेवा निगमको विमान नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । काठमाडौंवाट औषधि र अत्यावश्यक सामाग्री बोकेर गएको वाइ ट्युवेल इ विमान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लेर दुर्घटना भएको हो ।

विमान धावनमार्गबाट चिप्लेर घाँसेमैदानमा पुगेको छ । दुर्घटनावाट विमानमा पुगेको क्षतिको पुर्ण विवरण आउन बाँकी छ । दुर्घटनामा परेका चालक दलका तीन सदस्य र दुई जना चिकित्सक सुरक्षित रहेको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति March 28, 2020
Loading...