लकडाउनको अवधि बढाउने ओली सरकारको तयारी, खान पनि बाड्नेकि सरकार ?

काठमाडौं -: एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको छ । हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने सरकारको तयारी छ ।

लकडाउनको अवधि थपिने भएकाले सोही अनुसारको तयारी अघि बढाउन समेत गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।भारत र तेसो मुलुकबाट नेपाल आएका तथा अस्पतालको आइसोलेसनमा उपचाररत व्यक्तिको अन्तिम स्वास्थ्यजाँच रिपोर्ट विश्लेषणपछि मात्रै लकडाउनबारे पुर्नविचार हुने बताइएको छ ।

कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिले पनि समय थप हुने भएकाले सुरक्षा तथा दैनिक उपभोग्य बस्तुको सहज व्यवस्थापन गर्न सरोकारवालालाई निर्देशन दिएको छ ।चैत्र ११ गतेदेखि १८ गतेसम्म एक साताका लागि सरकारले लकडाउन घोषणा गरेको छ । छिमेकी भारतले तीन साता लामो लकडाउन गरेको छ ।

प्रकाशित मिति March 28, 2020
Loading...