सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट !

काठमाडौं -:  नेपालीलाई आफ्नो देश फर्कन नपाउने गरी सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।अधिवक्ता मिना बस्नेत र माधव बस्नेतले सर्वोच्चमा सोमबार रिट दर्ता गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

विपद्को बेलामा आफैँले आफ्ना नागरिकहरू खोजेर ल्याई उपचारलगायतका व्यवस्था गर्नुपर्नेमा वैधरूपमा नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्न असहज बनाएको र त्यसले विदेशमा रहेका प्रत्येक नेपाली नागरिकको मौलिक तथा मानव अधिकार हनन गरी पाशविक व्यवहार गरेको जिकिर उनीहरूको छ ।

विभिन्न स्तरका निकायहरूले एकान्तवासको लागि सुरक्षित स्थानहरू बनाइरहेका, होटल व्यवसायीहरू, संघ (संस्था र नागरिकहरूले सरकारलाई सहयोग गरी होटल, भवन तथा निवासहरू दिई सहयोग गर्ने प्रतिवद्धता जनाएको बेला विदेशमा रहेका नेपालीहरूलाई उतै असुरक्षित राख्नु पर्ने आवश्यकता नभएको पनि रिटमा भनिएको छ ।त्यसैले नेपाल आउनेलाई प्रवेश निषेध नगर्न आदेश दिन माग गरिएको छ । तर रिटको सुनुवाइ हुनेरनहुने भन्ने टुंगो भने छैन । सर्वोच्चलगायत देशभरका अदालत बन्द छन् ।

प्रकाशित मिति March 24, 2020
Loading...