टिपरको ठक्करबाट पत्रकारको मृत्यु!चालक फरार -देखेर पनि नदेखेको जस्तो नगर्नुहोला,रिप लेखेर सेयर गरिदिनु होला मृत आत्माले शान्ति पाओस!

सुर्खेतको भेरीगंगा नगरपालिका : लोदेमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पत्रकार नन्द बहादुर गेलाङ्गको मृत्यु भएको छ।उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।गेलाङ सुर्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’का सम्पादक हुन् भने नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव हुन्।छिन्चुबाट मेहलकुना जाँदै गरेका गेलाङ्ग सवार भे८प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुम पश्चिमबाट आइरहेको बा५ख १६८३ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए।

 

आफ्नै साईडमा गुडिरहेको मोटरसाईकललाई टिपरले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ठक्कर दिएलगत्तै टिप्पर चालकले ब्याक गरेर उनलाई मारेको र चालक फरार रहेको चौलागाईंले बताए। उता बझाङको बुङ्गल नगरपालिका वडा नं ९ बाट देउलीकोट स्वास्थ्य चौकीको सामान लगेरदेउलीकोट तर्फ जादै गरेको से १ ज ५९९ नम्बरको जीप दुर्घटना भएको छ ।जीप दुर्घटनामा परी तीन जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा बुगल नगरपालिका वडा नम्बर ३ का जीप चालक लक्ष्मण धामी, कर्ण बहादुर धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा रहेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताए ।

प्रकाशित मिति June 15, 2019
Loading...