सरकारको अर्को राम्रो काम नेपाल–भारत सीमा नाकामा सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक

काठमाडौं-:  कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

दुवैदेशका सुरक्षार्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाएका छन् । नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।

सवारीसाधन सचालनमा रोक लगाए पनि पैदल आवातजावत भने यथावत रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

प्रकाशित मिति March 19, 2020
Loading...