चैतमा हुने भनिएका सबै परीक्षा स्थगित,जानकारीका लागि सक्दो सेयर गरौ

काठमाडौँ -:  नेकपाले सरकारलाई एसईईसँगै चैतमा हुने विश्‍वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकले परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको हो ।

बैठकपछि सरकारलेएसईईसँगै चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। यसबारे औपचारिक निर्णय भने केहीबेरमा सम्बन्धित मन्त्रालयले जानकारी दिने स्रोतले बतायो।

नेकपाको सचिवालयले एसईई परीक्षा स्थगित गर्न पनि सरकारलाई सुझाव दिएको थियो।बुधबार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।विश्‍वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।
सरकारले चैत महिनामा हुने सबै परीक्षा स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले सरकारले एसईईसहित चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको कान्तिपुरलाई बताए ।

कान्तिपुरसँग मन्त्री पोखरेलले टेलिफोनमा भने, ‘एसईईसहित चैत महिनामा तय भएको सबै परीक्षा स्थगित भएको हो।बुधबार बसेको नेकपा सचिवालय बैठकले चैतमा हुने सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको हो

प्रकाशित मिति March 18, 2020
Loading...