दलितहरु मन पर्दैन, मेरो छोरोले बोलेको ठिक छ भन्दै मिडियामा आईन अर्जुनकी आमा (भिडियो हेर्नुहोस )

काठमाडाैं-: आफूलाई ज्योतिष भनेर चिनाउँदै आएका अर्जुन क्षेत्री यतिबेला प्रहरी हिरासतमा छन । केही युट्युब च्यानलहरुमा अन्तर्वार्ता दिने क्रममा जेठ महिना भित्र ठूलो भुकम्प आउँछ भनेर अफवाह फैलाएको भन्दै प्रहरीले उनलाई गत जेठ २४ गते पक्राउ गरेको हो । अर्जुन क्षेत्रीलाई धेरैले गलत भनिरहेका बेला उनकी आमा मिडियामा आएर मेरो छोरा सत्य छ भन्दै दाबि गरेकी छिन् छोराले गरेको धेरै भविष्यवाणी मिलिरहेको पनि बताउँछिन्’ ।

ज्योतिष पढ्छु भनेर धेरैनै जिद्दी गरेपछि आफूले ५ लाख खर्च गरेर पढ्न पठाएको उनी बताउछिन् । तर आमा छोरा बिचकै धेरै कुरा नमिलेको पाइयो, छोरा अर्जुनले बुबा आर्मी हुनुहुन्थ्यो भन्दै आएका थिए भने ,आमा भन्छिन् आर्मी हैन । छोराले बोलेको धेरै कुराहरु मिलिरहँदा एउटा कुरा नमिल्दैमा प्रहरीले पक्राउ गर्न नमिल्ने भन्दै अर्जुनलाई छाड्न प्रहरीलाई अनुरोध समेत गरेकी छिन् । आमाको अभिव्यक्ति सुनिसकेपछि सर्बसाधारणले आमा पनि झुट भएको भन्दै प्रतिक्रिया दिन थालेका छन ‘।

आफुलाइ कहिले ज्योतिषी त कहिले फेस रिडर बताउदै आएका अर्जुन छेत्रीको कथित डरलाग्दो भबिस्यबाणी खेर गएसगै उनको ठगी धन्दाको सप्रमाण पर्दाफास भइसकेको छ । खास नाम अर्जुन थापा रहेका उनले आफ्नो उमेर पढाइ र थर समेत ढाटेर आफ्नो ठगी धन्दा चलाएको खुलासा भएको छ । आफुलाइ स्नातकोत्तर अध्ययन गरेको बताउने उनले एसएलसी मात्र पास गरेको समेत खुलेको छ । हेर्नुहोस अर्जुन क्षेत्रीको आमासंग गरिएको भिडियो अन्तरवार्ता’।

 

प्रकाशित मिति June 15, 2019
Loading...