कोरोना भाइरसविरुद्ध खोपको परीक्षण आज अमेरिकामा गरिदै,के सफल भएमा अरु देशलाइ लाभ हुने छ त ?

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड( १९) ले जनमानसमा त्रास फैलाइरहँदा अमेरिकामा भने यसविरूद्धको खोपको परीक्षण गरिन लागेको छ ।

प्राणघातक कोरोनाको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप (भ्याक्सिन) अमेरिकाले पहिलोपटक मानवमा परीक्षण सुरु गर्न लागेको हो ।अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमबार (आज) हुने बिबिसीले जनाएको छ ।

तर ती स्वयंसेवीहरू आफू भने कोरोना भाइरसका सङ्क्रमित नरहेको बताइएको छ । उनीहरुले परीक्षणका लागि खोपका विभिन्न मात्रा लिनेछन् । जुन खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश नरहेको तथा त्यसमा मेसिन्जर ‘आरएनए’को सानो भाग भएको बताइएको छ ।

पहिलो चरण परीक्षण हुन लागेको यस खोपमार्फत शरीरको प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुने बताइएको छ । परीक्षण गरिन लागेको खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटिन उत्पादन गर्न सक्रिय बनाउने योजनाअनुसार यसमा अनुसन्धानरत वैज्ञानिकहरू निरन्तर खटिएका छन् ।

प्रकाशित मिति March 16, 2020
Loading...