खबपु  र सुमनलाइ पछि पर्दै  हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्तले हात पारेका छन्।शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्।फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए।

विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए।यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए। मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्।उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्।

धादिङका हिमेस पन्तले ‘कमेडी चेम्पियन’को उपाधि चुमेपछी बिबाद उत्पन्न भएको छ । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’मा पन्तले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै कमेडी चेम्पियनको उपाधि हात पारेपछि खबपुका समर्थकले भोटिंग नतिजा सार्बजानिक गर्न माग गरेका छन ।

चार बजेसम्म भोट भएको दाबि गर्दै उनीहरुले १२ बजे सम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने माग राखेका छन् ।खबपुलाई हराउन धाँदली भएको भन्दै कमेडी च्याम्पियन बिरुद्द समेत नाराबाजी गरेका छन् । कलाकार नन्द घर्ति मगरले भोटिंगमा चलखेल भएको दाबि समेत गरेका छन् । उनले अर्गानिक कमेडीलाई महत्व नदिएर कमेडी च्याम्पियनले पैसाको ब्यापार गरेको आरोप लगाए ।

भोटिंग सुबिधा दिएको इसेवा चोर भएको भन्दै इसेवा बिरुद्द कार्यक्रम स्थल बाहिर नाराजुलुस लगाएका थिए । इसेवालाई खारेज गर्न नारा जुलुस लगाएका थिए । इसेवाबाट मात्रै भोट गर्ने प्रक्रिया कमेडी च्याम्पियनलाई शहरीकरण गरेको आरोप लगाएका थिए ।

त्यसैगरी केकी अधिकारि बिरुद्द समेत नाराबाजी गरेका थिए । केकिको आफ्नै सो भएकोले उनि बिरुद्द नाराबाजी गरेका हुन् ।उनीहरुले खबपुलाई जातीय विभेद गरेर हराएको समेत आरोप लगाएका छन् । रिजल्ट नदेखाए आन्दोलन गर्ने समेत चेतावनी दिएका छन्

प्रकाशित मिति March 14, 2020
Loading...