कालापानीबाट भारतीय सेना फिर्ता पठाउने संकल्प प्रस्ताव कार्यसूचीबाटै हटाइयाे,दबाब  सोरुप एक सेयर गरौ

काठमाडाैँ, २९ फागुन -:  कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउन माग गर्दै सत्तारुढ सांसदले दर्ता गराएको संकल्प प्रस्ताव आजको प्रतिनिधिसभाको कार्यसूचीबाट हटेको छ ।

सचिवालयले बुधबार प्रकाशित गरेको बिहीवारको सम्भावित कार्यसूचीमा साे संकल्प प्रस्तावमाथि छलफल तय गरिएको थियो । तर संसदले बिहीवार प्रकाशित गरेको कार्यसूचीमा संकल्प प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम हटाइएको छ ।

नेकपा सांसद खगराज अधिकारीले सदनमा दर्ता गराएको संकल्प प्रस्तावमा छलफल गर्ने बिहीवारको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा उल्लेख थियो ।

यसअघि बसेको बैठकमा पनि साे प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे थियाे तर सभामुख अग्नि सापकोटाले आगामी बैठकमा छलफल गराउने भन्दै पेश गर्न अनुमति दिनुभएकाे थिएन । यसअघिको बैठकमा पनि कार्यसूचीमा चढेर छलफल हुन पाएकाे थिएन ।अब कालापानीबारेकाे याे संकल्प प्रस्ताव संसद्को आगामी बैठकमा कार्यसूचीमा समावेश गरिने बताइएको छ ।

प्रकाशित मिति March 12, 2020
Loading...