काठमाडौं -: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाना पकाउने ग्यास नपाए सरकारलाई फाेन गर्न अाग्रह गरेका छन् । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘ग्यास नपाए सिधै मन्त्रालयमा फोन गर्नुस् ।
एक महिनासम्म ग्यास अभाव नहुने जानकारी दिँदै उनले अब मन्त्रालयले छिट्टै निःशूल्क हटलाइनको व्यवस्था गर्ने बताए । उनले भने– ‘६ महिना पुग्ने खाद्यान्न, १० महिनालाई पुग्ने नुन र एक महिनालाई पुग्ने ग्यास अहिले पनि स्टक छ ।
कोरोना भाइरस संक्रमणकाे जोखिम बढेको भन्दै बजारमा ग्यासको माग बढेपछि उनले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरे । आयात निर्वाध रुपमा भएपनि केही व्यक्तिहरु आतंकित भएर १ सिलिण्डर चाहिने ठाउँमा १० वटा राखेको बताउँदै उनले नआत्तिन आग्रह गरेका हुन् ।
प्रकाशित मिति March 6, 2020