कोरोना भाइरस फैलिन नदिन भारतीय सीमा क्षेत्रमा निगरानी बढाउनुपर्छः भीम रावल

काठमाडौं –: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीम रावलले कोराना भाइरसको प्रकोप नेपालमा फैलन नदिन भारतसँग सीमा जोडिएका क्षेत्रमा विशेष निगरानी र सचेतता बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै सांसद रावलले खासगरी भारतसँग अन्तर्रा्ष्ट्रिय कानुनअनुसार सीमाहरु नियमन नभएकाले त्यसले नेपालमा समस्या पार्ने बताए ।भारतमा कोरोनाको संक्रमण देखिएका केही बिरामी देखिएको भन्दै उनले यसले नेपालमा पनि जोखिम बढाउने उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘हाम्रो र भारतबीचको सम्बन्ध र दैनिक हुने आउजाउलाई ख्याल नगर्दा त्यसले धेरै समस्या पार्न सक्छ,रावलले भने । उनले औषधि, खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन र त्यसबारे ढुक्क हुने अवस्था सिर्जना गर्न सरकारलाई सुझाव दिएका छन् ।

 

प्रकाशित मिति March 6, 2020
Loading...