रतन विप्लव समूहको कार्यकर्ता भएको आशंका, सात दिनको म्याद थप गरी अनुसन्धान थालियो !

काठमाडौं -:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्र हा र गर्ने रतन तिरुवाले आवेगमा जुत्ता प्र हा र गरेको प्रहरीले निष्कर्ष निकालेको छ । महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापा नेतृत्वको छानबिन समितिले यस्तो निष्कर्ष निकालेको हो ।

तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डमाथि तिरुवाले राष्ट्रिय सभागृहमा आइतबार जुत्ता प्र हा र गरेका थिए । प्रहार गरेको जुत्ता भने प्रचण्डलाई लागेको थिएन । रतनलाई कसैले प्रयोग गरेको हुनसक्ने आशंकामा प्रहरीले छानबिन समिति गठन गरेको थियो ।

समितिले लिखित प्रतिवेदन महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेललाई बुझाइसकेको एक अधिकारीले बताए । प्रहरी प्रतिवेदन उद्धृत गर्दै एक उच्च प्रहरी अधिकारीले भने, “उनलाई प्रचण्डले गरेको वर्गसंघर्षको कुरामा चित्त बुझेको रहेनछ । उनको बुबाको सशस्त्र द्व न्द्व का क्रममा ज्यान गएको आवेगमा जुत्ता प्र हा र गरेको पाइयो । उनी कसैबाट परिचालित नभएको पाइयो ।

जुम्लाका तिरुवा काठमाडौंमा लोकसेवा तयारी कक्षा अध्ययनरत थिए । उनीविरुद्ध सोमबारै अ भ द्र व्यवहारमा सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको हो । सत्तारुढ नेकपाले भने रतन विप्लव समूहको कार्यकर्ता भएको आरोप लगाएको थियो ।

 

प्रकाशित मिति March 5, 2020
Loading...