प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै मैनबत्ती बालियो, हामी पनि एक सेयर गरौ !

काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेर नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंको माइतीघर मण्डलामा मैनबत्ती बालेको छ ।

प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण हुँदैछ । त्यसका लागि सोमबार बेलुकादेखि नै प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भएका छन् ।
उनको स्वास्थ्यलाभको कामना गर्दै विद्यार्थीहरुले मैनबत्ती बालेका हुन् ।

प्रकाशित मिति March 3, 2020
Loading...