एमसीसी सैन्य रणनीति हो हेर फेर नगरे सम्म पास हुदैन : प्रचण्ड

काठमाडौं-:  नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमसीसी अमेरिकी ‘सुपर पावर’ लाई संसारमा कायमै राख्ने सैन्य रणनीतिका रूपमा आएकाले यसलाई जस्ताको जस्तै अनुमोदन नगरिएकाे बताएका छन्

उनले दक्षिण एसियाली मुलुकमा आफ्नाे प्रभुत्व कायम राख्ने अमेरिकी चाहनाअनुसार अमेरिकाले एमसीसी ल्याएकाे भनाइ राखे। उनले नेकपा बागमती अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण समारोहमा बिहीबार सम्बोधन गर्दै भने, त्यसैले मुलुकको हित अनुकूल छ छैन भनेर हामीले निक्र्योल गर्यौं। मुलुकको हित अनुकूल हुने गरी संशोधन गर्न कार्यदल गठन गरेका छौ । अब हितमा हुने गरी अगाडि बढाइनेछ।’

दाहालले भारतसँगको सीमा विवाद संवादबाट समाधान हुने बताए। उनको पार्टीमा मतभेद र बहस हुनु स्वाभाविक भएकाले यसमा विभाजन हुन्छ भनेर नसोच्न कार्यकर्तालाई आग्रह गरे।

परदेशको इन्द्रेणी पनि हेर्नु होस्

प्रकाशित मिति February 27, 2020
Loading...