गोर्खाली नाईट-२ को लागि एक दर्जन कलाकार यूएईमा !

शुक्रबार बरदुबई स्थित अस्ट्रेरिया होटलको एभरेष्ट क्लबमा हुन गइरहेको गोर्खाली नाईट -२ को लागि ‘भ्वाइस अफ नेपाल सिजन२’का विजेता राम लिम्बु सहित विकास लिम्बु, आरिफ , सनिश श्रेष्ठ र अञ्जु राना मगर ,नेपाली डान्सिङ रियालिटी शो ‘बुगीवुगी’ की विजेता कविता नेपाली, रबिन कुमार भुजेल र हाँस्य टेलिशृङ्खला ‘सक्कीगोनी’का हाँस्य कलाकार सुबोध गौतम ,गायीका प्रवेशा अधिकारी ,स्मृति दाहाल ,सुशील नेपाल दुबई आईपुगेका छन् ।

हिमालयन एयरलाईन्सको उडानबाट आबुधावी आएका कलाकारलाई आयोजक मनोज गोर्खाली , मदन अधिकारी लगायतको टोलिले भव्य स्वागत गरेको थियो
। कलाकारको टोलि अहिले दुबई आइपुगेका छन् भने कार्यक्रमको लागि अन्य अतिथिहरु समेत आउने क्रम रहेको छ ।

करिब एक दर्जन नेपाली कलाकारहरुले आफ्नो उत्कृष्ट प्रस्तुति राख्ने भएकोले यो कार्यक्रमको चर्चा यूएईमा बढी छ ।यस कार्यक्रमका आयोजक मनोज गोर्खाली र मदन अधिकारी यूएईमा सफल कार्यक्रम आयोजकका रुपमा चिनिन्छन ।कार्यक्रममा उपस्थिति जनाएर कार्यक्रम को भरपुर् मनोरंजन लिन आयोजक टोलीले सबै नेपालीलाई हार्दिक अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति February 26, 2020
Loading...