प्रधानमन्त्री ओली, गोकुल बाँस्कोटासहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी अब के हुन्छ त ?

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, नेपाल टेलिकमको फोरजी विस्तार, भू–उपग्रह खरिद, कम्युटर ल्याब र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

पूर्वप्रशासक आनन्दराम पौडेल र भ्रष्टाचारविरोधी अभियान्ता प्रेमबहादुर शाही (प्रेम कैदी)ले आइतवार अख्तियारमा प्रधानमन्त्री ओली, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा, तत्कालीन सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङ र सुरक्षण मुद्रण विभागका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

उजुरी ०२६९८७ नम्बरमा दर्ता भएको उजुरीकर्ता पौडेलले लोकान्तरलाई जानकारी दिए ।प्रधानमन्त्री ओलीसहित चारैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०६९ को दफा ३, ६, ८, २०, २१ र २२ को कसुर गरेको आरोप लगाइएको छ ।

अडियो टेपबारे प्रधानमन्त्री ओलीलाई पहिल्यै थाहा भएपनि कारवाही गर्न कुनै कदम नचालेकाले अख्तियारमा गएका हौं,’ पौडेलले भने ।सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड मोलमोलाइ गरेको अडियो रेकर्ड बाहिर आएपछि गोकुल बाँस्कोटाले सञ्चार मन्त्रीको पदबाट बिहीवार राजीनामा दिएका थिए ।

हेर्नुहोस्, उजुरी :

लोकतन्त्र डट कम बाट

प्रकाशित मिति February 23, 2020
Loading...