एमसिसी संशोधन तथा परिमार्जन बिना पारित हुँदैन – प्रचण्ड

काठमाडौँ -:  एमसिसी संशोधन तथा परिमार्जन बिना पारित हुने सम्भावना नरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।जनकपुरमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले राष्ट्रिय हितमा नहुने गरी कुनै पनि हालतमा एमसिसी पारित नगर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको र त्यस अनुसार गठन भएको कार्यदलको प्रतिवेदनमाथि छलफल भएको र अब संशोधन बिना पास हुने सम्भावना नरहेको उनले बताए ।

यस्तै उनले घुस बार्गेनिङ्ग काण्डमा मुछिएका गोकुल बाँस्कोटाका सम्बन्धमा सरकारी निकायले अनुसन्धान गर्ने र त्यसअनुसार अघि बढ्ने बताए । आफूले केही दिनअघि बोलेको कुरा बाँस्कोटाप्रति मात्रै नरहेको लक्षित नरहेको प्रचण्डले बताए ।

उनले भने, ‘मैले भक्तपुरको कार्यक्रममा विश्वव्यापी रुपमा कम्युनिष्टहरुमा देखिएको प्रवृत्तिबारे बोलेको हो । विश्वव्यापी रुपमा नै कम्युनिष्टहरु संघर्ष गरुन्जेल राम्रो र सत्तामा पुगेपछि नराम्रो हुने प्रवृत्ति छ र नेपालमा पनि त्यहि देखिन संकेत मिल्दैछ, यसबाट सचेत रहनु पर्छ भनेको हो । त्यहि बेला सञ्चारमन्त्री काण्ड बाहिरियो । संयोग मात्रै हो ।’यस्तै उनले तत्काल सरकार परिवर्तनको सम्भावना वा आफू प्रधानमन्त्री बन्ने एजेण्डा नै नरहेको बताए । उनले भने, ‘प्रधानमन्त्री वा सरकार परिवर्तन छलफलको एजेण्डा नै होइन ।

 

प्रकाशित मिति February 23, 2020
Loading...