देशका सफल प्रधानमन्त्री ओली ह्यापी बर्थ डे

काठमाडौं-:  प्रधानमन्त्री केपी शर्मा ओली आइतबार आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन् । प्रधानमन्त्री ओली आइतबार (फागुन ११ गते) परेको ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराईमा रहेको आफ्नो पुख्र्यौली घर जान लागेको बालुवाटार स्रोतले जनाएका छन् ।

ओलीको जन्मघर आठराई गाउँपालिका–४ (साविकको इवा गाविस–२ स्थित तीनसल्ले खानीगाउँ) मा पर्दछ । त्यही घरमा ओलीको जन्म भएको थियो । उनको बाल्यकाल र किशोरावस्था त्यही घरमा बितेको थियो भने पछि उनको परिवार झापा बसाइँ सरेको हो ।

ओलीले सो पुरानो घर दशैँअघि पुनर्निर्माण गर्न लगाएका थिए । ओलीलाई सो घरको माया कति रहेछ भन्ने जन्मदिन त्यहीँ मनाउन जानुले पुष्टि गर्छ । जन्मदिनको अवसरमा ओलीको घरमा तेह्रथुम जिल्ला पार्टी कमिटीले विशेष कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति February 23, 2020
Loading...