जागिर दिन सरकार घरघरमा पुगेको छ : प्रधानमन्त्री ओली!

आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गरेका छन् । भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुरुवात गर्दै प्रधानमन्त्री ओलीले सरकारले बेरोजगारलाई घरघरमा गएर रोजगारी दिने बताए ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने,सरकारले अब घर–घर पुगेर रोजगारी दिन्छ, सरकार कहाँ छ भन्नेलाई यहाँ जवाफ छ, हामी घरघरमा जागिर दिन आएका छौँ ।’ सो अवसरमा उनले सरकारको कामले विपक्षीलाई सहिनसक्नु बनाएको बताए । उनले भने हामी सरकारमा चकट देखाउन आएका होइनौँ काम गर्न आएका हौँ ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले गरेको भनेअनुसार पाँच लाख युवालाई जसरी पनि रोजगारी दिने दाबी गरे ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भक्तपुरबाट १५ सय बेरोजगारको निवेदन परेकोमा जिल्लाका चारवटा नगरपालिका सात सयजनालाई आंशिक रूपमा रोजगारी दिएको उनले बताए ।

सरकाले गत वर्षको फागुन १ गतेदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सञ्चालनका गर्ने भन्दै तीन अर्ब बजेट विनियोजन गरेको थियो । जसअन्तर्गत भक्तपुरका चारवटै नगरपालिकामा दुई करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । जसमा चाँगुनारायण नगरपालिकाका लागि ४४ लाख, भक्तपुर नगरपालिकाका लागि ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि ७१ लख ७६ हजार र सूर्यविनायक नगरपालिकाका लागि ६६ लाख ३४ हजारबराबरको रकम विनियोजित गरिएको छ ।

 

प्रकाशित मिति June 9, 2019
Loading...