संचारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त र अनुसन्धानमा सघाउन प्रधानमन्त्रीलाई कांग्रेसको माग

काठमाडौं-:  संचारमन्त्रीले घुस मागेको अडियो सार्वजनिक भएपछि यस विषयमा चर्चा परिचर्चा चलिरहँदा यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेसले यस विषयमा विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरेर कारवाही गर्न माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको वक्तव्यमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता भइरहेको अनुमान यसअघि नै गरिएकोमा मन्त्रीको अडियोले त्यसलाई पुष्टि गरेको उल्लेख छ । वक्तव्यमा अडियो सार्वजनिक भइसकेको अवस्थामा मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको लागि सघाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ

प्रकाशित मिति February 20, 2020
Loading...