अब कार्यालयमा आउने सेवाग्राहीलाई कर्मचारीले नमस्कार गर्नुपर्ने !आफ्नो विचार राख्नु होस्

काठमाडौं -: कैलाली  गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले नमस्कार अनिवार्य गरेको हो ।

कर्मचारीले कार्यालयमा सेवाग्राही छिर्नासाथ उनीहरुलाई पहिला नमस्कार गर्ने र त्यसपछि सेवा दिने प्रतिबद्धता जनाएका छन् । एफएमडिसी, विकास र परिवर्तनका लागि सञ्चारले आयोजना गरेको ‘मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड’ विषयक सचेतना कार्यक्रममा कर्मचारीले त्यस्तो प्रतिवद्धता जनाएका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले अहिलेसम्म कार्यालयमा आउँदा कर्मचारीलाई सेवाग्राहीले नमस्कार गर्दै आएो स्मरण गराउँदै अब त्यसलाई उल्टो पारिएको बताउनु भयो ।असहिलेसम्म कर्मचारीलाई सेवाग्राहीले नमस्कार गर्दै आएका छन्’ उहाँले भन्नुभयो, अब भने कर्मचारीले सेवाग्रहीलाई नमस्कार गर्ने छन् ।प्रशासकीय अधिकृत जोशीलेले नमस्कार प्रवृतिले कर्मचारी र सेवाग्राहीबीच सुमधुर सम्बन्ध रहने उल्लेख गर्नुभयो ।

एफएमडिसीका कार्यकारी निर्देशक उमीद बागचन्दले गौरीगङ्गालाई एक वर्षभित्र मानव अधिकारमैत्री नगरपालिका बनाउन एफएमडिसी र नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । कार्यक्रममा मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड विषयमा छलफल गरिएको छ।

यो पनि हेर्नुहोस् परदेशको इन्द्रेणी

 

प्रकाशित मिति February 19, 2020
Loading...