देशको बेइजत कोरियन भाषा परीक्षा केन्द्रबाट ४५ जना नक्कली परीक्षार्थी पक्राउ!

काठमाडौं– शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा केन्द्रबाट ४५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राजधानीका विभिन्न २१ परीक्षा केन्द्रबाट उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले अर्कैको नाममा परीक्षा दिएको फेला परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । यसबाहेक परीक्षा शान्तिपूर्ण रुपमा शनिबारको परीक्षा सम्पन्न भएको बोगटीले जानकारी दिए ।

प्रकाशित मिति June 8, 2019
Loading...