आज भ्रष्टाचारी अभियुक्त विजय गच्छदारलाई पक्राउ गर्ने तयारी ! अब कांग्रेसले के गर्छ त ?

काठमाडौं -:  बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पक्राउ गर्ने तयारी गरिएको छ । उनीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ठगी मुद्दा दर्ता भएसँगै पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ । गच्छदारसहित १ सय ७५ जनाविरुद्ध सिआईबीमा मुद्दा दर्ता भएको हो ।

ललिता निवास जग्गा प्रकरणमा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीले जग्गा हडप्ने र व्यक्तिका नाममा लालपूर्जा बनाउन भूमिका खेल्ने पूर्व उपप्रधानमन्त्री गच्छदारसहित १ सय ७५ जनाविरुद्ध किर्ते र ठगीको आरोप लगाउँदै सीआईबीमा किटानी जाहेरी दिएको थियो । यो जाहेरी शुक्रबार दर्ता भएसँगै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीका लागि बाटो खुलेको हो । ठगी र किर्ते गरेको जाहेरी परेपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान गर्न सक्छ ।

सीआईबीले यसअघि नै १ सय ३६ रोपनी सरकारी जग्गा खरिदबिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी, सरकारी कर्मचारी, नक्कली मोही, दलाल, बिक्रीकर्ता र खरिदकर्ता गरी १ सय ७५ जनाविरुद्ध कारबाहीको सिफारिस गरिसकेको छ ।

जाहेरीअनुसार आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुन सक्छ ।यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार निवारण ऐनअन्तर्गत करोडौं विगो र सजाय माजसहित मुद्दा दायरको गरेको थियो ।

प्रकाशित मिति February 17, 2020
Loading...