कार्यकारी निर्देशक घिसिङ को चमत्कार विद्युत प्राधिकरणको नाफा वार्षिक ९ अर्ब नाघ्यो, एक सेयर गरि सम्मान गरौ  !

काठमाडौँ -: नेपाल विद्युत प्राधिकरणको नाफा वार्षिक नौँ अर्ब नाघेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । आइतबार काठमाडौंमा ड्याफोडिल स्कुलद्धारा आयोजित ‘रेमिट्यान्स फर बेटर लाइफ’ कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले पछिल्लो तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको समेत जानकारी दिए । सोह्र वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारीमा घाटामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणत्मक नाफा गर्न सफल भएको उनले बताए ।

विद्युत प्राधिकरणको नाफा एक वर्षमै १४९ प्रतिशतले वृद्धि भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘अब प्राधिकरण लोडसेडिङ अन्त्य गरेर विद्युत प्रशारण र वितरणको सुदृढीकरणमा केन्द्रीत भएको छ ।घिसिङका अनुसार विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन सुरु गरेको थियो ।

२०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकका रुपमा प्राधिकरण प्रवेश गरेका थिए । उनि आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो ।  तर, घिसिङ आएको ११ महिनामा नै घाटा घटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भएको थियो ।

घिसिङले सफलताका लागि सधैँ संघर्ष गर्नुपर्ने भन्दै सफलता नै जीवनको चुनौती भएको जिकिर गर्दै विद्यार्थीलाई इमान्दारीता र मेहनत जारी राख्न उत्प्रेरित गरे । सोही कार्यक्रममार्फत घिसिङले युवाले विदेशमा दुःख गरेर पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गर्ने अधिकार कसैसँग नभएको बताए ।कार्यक्रममा विद्यार्थीले रेमिट्यान्सको सदुपयोग गर्ने चेतनामुलक बाल–नाटक, वक्तित्वकला तथा विविध प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

परदेश को इन्द्रेणी लोक दोहोरि कार्यक्रम

प्रकाशित मिति February 16, 2020
Loading...