वुहानमा रहेका नेपालीलाई उद्धार गर्न ओली सरकारले जहाज पठायो !

काठमाडौं-:  कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका नेपाली विद्यार्थी ल्याउन नेपाल वायु सेवा निगमको वाइड बडी जहाज त्यसतर्फ उडेको छ।

शनिबार दिउँसो पौने तीन बजे वाईडबडी जहाज वुहानका लागि प्रस्थान गरेको हो। वुहानमा रहेका १ सय ८५ जना नेपाली लिएर जहाज आजै राति साढे २ बजे काठमाडौं आइपुग्ने नेपाल वायु सेवा निगमले जनाएको छ।

त्यहाँबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणका भवनमा बनाइएको क्वारेन्टाइनमा राखिनेछ। उनीहरुलाई दुई हप्तासम्म क्वारेन्टाइनमा राखिनेछ। ल्याएको २४ घण्टाभित्र एक पटक र त्यसको १४ औं दिनमा फेरि अर्कोपटक कोरोना परीक्षण गरिने छ।
ती परीक्षणबाट कोरोना नदेखिए मात्र उनीहरु क्वारेन्टाईनबाट निस्किन पाउनेछन्।

प्रकाशित मिति February 15, 2020
Loading...