एमसीसी कार्यदल ओली–प्रचण्डको पछि लाग्दैन : खनाल

काठमाण्डौ -:  सत्तारुढ दल नेकपाका वरिष्ठ नेता तथा एमसीसी कार्यदलका संयोजक झलनाथ खनालले एमसीसीबारे कार्यदलले निकालेको निष्कर्ष नै अन्तिम निष्कर्ष हुने दावी गरेका छन् ।प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै खनालले कार्यदलमाथि कसैको पनि हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन् । केही दिन अघि प्रधानमन्त्री केपी ओलीले कार्यदल बनाएर तमासा गरेको भन्ने अभिव्यक्ति दिएका थिए । खनालले भने ओलीको अभिव्यक्तिप्रति आक्रोष व्यक्त गर्दै कार्यदलले अध्ययनबाट निकालेको निष्कर्ष नै अन्तिम हुने बताए ।

ओली वा अर्का अध्यक्ष पुष्पकमल दाहालले जे भने त्यो भनाई व्यक्तिगत हुने खनालले बताए । “हामीले जे अध्ययन गरेका छौँ त्यही प्रतिवेदनमा समेट्छौ । कार्यान्वयन गर्नुको विकल्प छैन ।खनालले भने ।

नेता खनालले ओली नेतृत्वको सरकार दुई वर्षमा सफल हुन नसकेको आरोप पनि लगाएका छन् । “सरकार सफल हुन सकेन, जनताको मन जित्न सकेन, सुशासनमा चुक्यो । भ्रष्टाचार नियन्त्रण हुन सकेन ।” उनले भने ।ललिता निवास प्रकरणमा अख्तियारले पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि छानविन गर्नुपर्ने आशय खनालले व्यक्त गरेका छन् ।

प्रकाशित मिति February 15, 2020
Loading...