सरकारले कुनै काम नराम्रो गरेको छैन, हेर्नेको नजर नै नराम्रो –  गोकुल बाँस्कोटा

काठमाडौं –:  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकाले आफ्नो २ वर्षे कार्यकालका क्रममा एउटै नराम्रो काम नगरेको बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो भनेका हुन्।

‘सरकारले बितेका दुई वर्षमा नराम्रा काम एउटै पनि गरेको छैन, जति गरियो राम्रै राम्रा काम भएका छन्’, उनले भने, ‘नराम्रा काम देख्ने चाहिँ नजर नराम्रो हो। राम्रा काम हुँदा पनि नराम्रो लेख्ने हातहरुबारे पनि मैले प्रश्न गर्छु, गरिरहेको छु।’ सरकारका २ वर्षे कामका प्रगतिबारेमा केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने उनले जानकारी दिए।

केही दिनमै प्रधानमन्त्रीले २ वर्षे प्रगतिबारे सम्बोधन गर्नुहुन्छ’उनले भने,त्यसपछि सरकारका कामबारे प्रस्तुत विवरण लिएर तपाईंहरुले लिएर क्रस चेक गर्नुस्। काम त हुँदै गर्छन्, कतिपय कामहरुमा उल्झन् पनि आउँछ।उनले ओली नेतृत्वको सरकारका समयमा विधिको शासन बलियो भएको दाबी गरे।देशमा विधिको शासन बलियो भएको छ।

यो सरकारको दाबी हो र यो सत्य पनि हो उनले अगाडि भने,रुल अफ ल’ को इन्डेक्समा नेपाल ५९ औँ स्थानमा पुगेको छ। प्रधानमन्त्री ओलीले यो विवरण मेरो हितमा यो जारी गरिदेऊ भनेको होइन। ‘सुखी नेपाली समृद्ध नेपाल’ले नतिजा देखाउँदैछ। जनताको जीवनस्तरमा सुधार हामीले सोचेजति भएको छैन तर १४९ बाट १४७ मा पुगेको छ।

प्रकाशित मिति February 13, 2020
Loading...