मेयरकाे पक्षमा घन्कियाे नारा, ‘अघि बढ्नुस् मेयरसाप जनता साथमा छन्!

धरान -: भ्रष्टाचारीको पक्षमा लागेपछि पत्रकारको नाकको हड्डी भाच्ने धम्की दिएर चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको पक्षमा विराटनगर विमानस्थलमै भब्य स्वागत र नारा लगाइएको छ ।

शुक्रबार काठमाडौंबाट विराटनगर आइपुगेका मेयर चौधरीलाई भ्रष्टाचार विरोधी युवाहरुको समूहले फुलमाला लगाइदिएका हुन् ।

उनीहरुले भ्रष्टाचारको विरोध गरौ, भ्रष्टाचारी कर्मचारी चाहिँदैनअघि बढ्नुस् मेयरसाप जनता तपाईको साथमा छन्, जथाभावी कमल चलाउन पाइँदैन, द्वारिकलाल चौधरी जिन्दावाद भन्दै नारा लगाए ।

उनीहरुले दर्जनौ ब्यानर नै बनाएर मेयर चौधरीको पक्षमा प्रदर्शन गरेका छन् ।
हाल मेयर चौधरीको पक्ष र विपक्षमा तर्कहरु आइरहेका छन् ।

मेयरको विपक्षमा भन्दा पनि पक्षमा धेरै जनताको आवाज आइरहेको छ । सामाजिक सञ्जालमा पनि मेयरको पक्षमा कमेन्टहरु आइरहेका छन् ।

मेयर चौधरीले स्थानीय विराट अनुपम नामक पत्रकारलाई नाकको हड्डी भाच्ने धम्की दिएका थिए ।

हातमा कलम छ भन्दैमा सूचना र मिडियालाई दुरुपयोग गरिएको भन्दै हाल पत्रकारहरुको पनि विरोध गरिएको छ ।
केही खराब चरित्रका पत्रकारका कारण पत्रकारिता पेशा नै घृणित बनेको छ ।

पत्रकारहरुमाथि बेला बेला यस्ता आरोप र आलोचना आउने गरेको छ । तर अहिले बढी नै आलोचना भइरहेको छ ।

प्रकाशित मिति June 8, 2019
Loading...