यथार्थ घट्नामा आधारित  “छुट्यो आमा भन्ने रहर” गीतको म्युजिक भिडियो सार्वजनिक !

केशब कटुवाल,दुबई – आज भोलि हाम्रो समाजमा विभिन्न खाले घटनाहरु घटिरहेका हुन्छन तेस्तै सडक दुर्घटना पनि एक हो । यस्तै घटनाले समाज, देश र परिवेशलाइ त असर गर्छ नै जिबनलाइ नि निकै हानी हुने गर्छ यस्तै सत्य घटनामा आधारित निकै मर्मस्पर्सी यथार्थ घट्नामा आधारित “छुट्यो आमा भन्ने रहर” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा चन्द्र साउद, दिपेन्द्र साउद र पुस्पा बोहराको स्वर, चन्द्र साउदको संगीत र चन्द्र साउद,दिपेन्द्र साउद र सुबाश साउदको रहेछ । यस गीतको भिडियो प्रेम भण्डारीको निर्देशनमा तयार भएको छ भने छायांकन अमित र सहिलको रहेको छ र भिडियोको सम्पादन,कोलोरिङ्ग र  Vfx चर्चित  सम्पादक मिराज अर्यालले गर्नु भएको छ । उक्त गीतको भिडियोमा झरना बोहरा, दिपेन्द्र साउद र मनिसा साउदको जिबन्त अभिनय रहेको छ ।

आमा भन्ने सब्दनै हाम्रो लागि निकै प्यारो हुने  गर्छ तेही आमा साथमा नहुदा जीवन कसरि बित्छ र कति पिडा हुन्छ भने यथार्थ कथालाइ राम्रो सग निर्देशन भण्डारीले प्रस्तुत गरेका छन् ।यो भिडियो एक चोटी हेरे पछि सम्पूर्णले आफ्नो आमालाइ सम्झिनु हुने छ र आमा प्रतिको माया र दाहित्वो पनि बुझ्नु हुने छ भने हामीलाइ नि लागेको छ |

अरु बाँकि भिडियो मा हेर्नु होस्

प्रकाशित मिति February 12, 2020
Loading...