व्रत सकिएसँगै सांसद गुरुङले भनिन् – स्वस्थानी च्यात्नुपर्छ !

काठमाडौँ -:  सत्तारुढ नेकपाकी सांसदले स्वस्थानीको पाना च्यात्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका छन्।नेकपाका सांसद यसोदा सुवेदी गुरुङले मंगलबा संसदमा महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई प्रोत्साहन गर्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमीका कथाहरु च्यात्नुपर्ने बताएकी हुन्।

आइतबार मात्र साँखुमा चल्ने एक महिना लामो स्वस्थानी ब्रत अन्त्य भएको छ। गुरुङले धार्मिक अन्धविश्वासलाई भत्काउने अभियान सञ्चालन माग गर्दै स्वस्थानी नै च्यात्नुपर्ने बताएकी हुन्।

छाउपढी बार्ने कुरीति र कुसंस्कारबाट नेपाली महिलालाई मुक्त गर्न गृह मन्त्रालयले सुरु गरेको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य भएको उनको भनाइ थियो।नेपाली समाजमा जरा गाडेर बसेको कुरीति भत्काउन छाउगोड भत्काउनु मात्र पर्याप्त नहुने बताउँदै उनले मान्छेको मन मष्तिस्कबाट बाट भत्काउन जरुरी रहेको उल्लेख गरिन्।

उनले संसदमा भनिन्, ‘छाउ संस्कार भत्काउन सरकार, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त अभियानको खाँचो छ।जसले धार्मिक अन्धविश्वास भत्काउन सकोस्, छाउजस्तो परम्परा र संस्कारलाई मजबुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमी ब्रत कथाको पानाहरु च्यात्न सकोसु।

प्रकाशित मिति February 11, 2020
Loading...