दुखत खबर! त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भिडियो सहित !

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा उडान अवतरण ठप्प भएको छ।विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी हुँदा विमानस्थल बन्द भएको टावरले जानकारी दिएको छ।

विमानस्थलको टावर ब्रिफिङका अनुसार आगालगानीका कारण यो समाचार तयार पार्दासम्म आधा घण्टादेखि बन्द रहेको छ।अध्यागमन पास गरेर जहाज चढ्न जानुअघि यात्रु बस्ने कोठसँगै जोडिएको कफीसपमा विद्युत सर्ट हुँदा आगलगानी भएको विमानस्थल प्रमुख देवेन्द्र केसीले जानकारी दिएका छन्।

विमानस्थल बन्द भएपछि काठमाडौं विमानस्थलमा अवतरणका लागि आएका जहाज आकाशमै होल्डमा परेका छन्।आगलगानी नियन्त्रण भएपछि विमानस्थलले सेफ्टी अडिट गरेपछि मात्र विमानस्थल पुन:सञ्चालन हुने छ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ ।अन्तर्राष्ट्रिय टर्मिनलतर्फको यात्रु  बस्ने कक्षमा आगलागी भएको हो । यात्रु कक्षमा बसेका यात्रुहरुलाई सुरक्षित स्थानमा सारिएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।अहिले आगो नियन्त्रणको प्रयास जारी राखिएको छ । आगो कसरी लाग्यो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

त्रिभुवन विमानस्थलमा यसरी भयो आगलागी

त्रिभुवन विमानस्थलमा यसरी भयो आगलागी

Posted by Khabarhub on Monday, 10 February 2020

प्रकाशित मिति February 10, 2020
Loading...