एकदिवसिय क्रिकेट : नेपालले अमेरिकालाई ३५ रनले हराउदै  पहिलो जित दर्ता गर्यो !बधाई

काठमाडौं-:  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्दै एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु मैदानमा पहिलो जित निकालेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १९१ रनको लक्ष पच्छ्याएको अमेरिका १५५ रनमा समेटियो। नेपाल–अमेरिका–ओमानबिच काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट अन्तरगत आफ्नो दोस्रो खेलमा नेपालले आज अमेरिकाको सामना गरेको थियो।

४९.२ ओभर खेलेको नेपालले विनोद भण्डारी र कुशल मल्लको अर्धशतक मद्दतमा १९० रन बनाएको थियो। ४९ रन जोड्दा नै पाँच विकेट गुमाएको नेपालका लागि कुशल र विनोदले ८४ रनको साझेदारी गर्दा नेपाललको इनिङ सम्हालिएको थियो।

शरद भेषवाकरको ठाउँमा खेलेका सुवास खकुरेल, कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखजस्ता भरपर्दा ब्याट्सम्यान सस्तैमा आउट भएपछि नेपालले लगभग गुमाएको खेललाई कुशल र विनोदले सम्हालेका थिए।अमेरिकालाई ४४.१ ओभरमा १५५ रनमा समेट्न करण केसीले तीन, सन्दिप लामिछानेले दुई, सुशन भारीले तीन र कुशल मल्लले एक विकेट लिएका थिए।

यो पनि हेर्नुहोस

प्रकाशित मिति February 8, 2020
Loading...