काठमाडाैँ -: आफ्नो पार्टीका उपसभापति बिजयकुमार गच्छदारलाई भ्रष्टाचार मु द्दा दायर गरेको विरो धमा नेपाली कांग्रेसले सदनसँगै सडकमा पनि वि रोध प्रद र्शन गरेको छ । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाईमा शुक्रबार काठमाडौँमा विरो ध प्र दर्शन भएको छ ।
माइतीघरमा भेला भएका कांग्रेस कार्यकर्ताहरुले सरकार विरो धी नारा बाजी गरेका छन् । उनीहरुले सत्तारुढ दलका नेताहरुलाई चोख्याएर कांग्रेसका नेतालाई छानीछानी मु द्दा चलाउने अख्तियारको निर्णय राजनीतिक प्रतिशोध पूर्ण भएको बताएका छन् ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छदारविरु द्ध अख्तियारले भ्रष्टाचारविरुद्ध मु द्दा दायर गरेपछि आक्रो शित कांग्रेसले लगातार दोस्रो दिन संसद बैठक अव रुद्ध पारेको छ ।
गच्छदारलाई मु द्दा लगाइनु राजनीतिक प्रति शोध भएकाले संसद र सडकबाट प्रति वाद गर्ने कांग्रेसले निर्णय गरेको थियो । बिहान बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसका नेतालाई छानी छानी मुद्दा लगाउने अख्तियारको कदम प्रति शोधपूर्ण भएको बताएका थिए ।
प्रकाशित मिति February 8, 2020