भ्रष्टाचारी भागाभाग हुनेगरी एक्सन चाल्छु, देशको मुहार फेर्छु साथ दिनुहोस  – ओली

काठमाडौं-:  प्रधानमन्त्रीले केपी शर्मा ओलीले भ्रष्ट्राचारी जो सुकै भएपनि कार्बाही गर्ने प्रतिवद्धता जनाएका छन् । उनले अहिलेको सरकारले अब वास्तवमै भ्रष्ट्राचार न्यूनिकरणको रणनीति लिएको बताएका हुन् ।

सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार म गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं यसले वास्तवमै भ्रष्ट्राचार रोक्नेछ । अब सरकारले देखावटीमा होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गछौं सबै ढुक्क भएहुन्छ प्रधानमन्त्री ओलीले भने ।

यसअघि नियन्त्रण गर्ने निकायले नै शक्तिको आडमा आफै भ्रष्टाचार गर्ने पाइएकाले नेपालमा भ्रष्ट्राचार निक्कै ठूलो समस्या भएकाले अब त्यस्ता निकाय र पदमा आसिनहरुलाईपनि छोड्ने छैनौँ । पहिलेको जस्तो चर्चामा आउन देखावटीरुपमा काम नगर्ने भन्दै उनले सरकारले भ्रष्टाचारको अन्त्य गर्न एक्सन लिन थालिसकेको बताए ।सोही अवसरमा प्रधानमन्त्री ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले निम्त्याउन खोजेको भन्दै सरकारले त्यस्तो हुन नदिने बताए । बरु अहिले सरकारले द्वन्द्वका घाउमा मलमपट्टी लगाउने काम गर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले गणतन्त्र प्राप्तिको कठिन र उपलधीपूर्ण, उदाहरणीय र अनुकरणीय यात्रा पार गरेको गरेको बताए । डावस बैठकमा पनि आफूले नेपालमा सुन्दरता मात्र नभइ उर्वर भूगोग, गौरवपूर्ण इतिहास र पूर्खाको बलिदानि भएको उल्लेख गर्दै लगानीका लागि आव्हान गरेको उल्लेख गरे ।हामीसँग सबै छ । लगानी गर्नुस्, मिलेर विकास गरौं भनेको छु उनले थपे, ‘विश्व हाम्रो कुरामा सहमत छ ।’ अब विश्वले नेपालमा लगानी गर्नेछ । नेपालको अनुहार चाँडै मात्र हैन मेरै कार्यकालमा फेर्छु ढुक्क हुनुहोस् । प्रधानमन्त्री ओलीको दावी थियो |

प्रकाशित मिति February 7, 2020
Loading...