गच्छदारको बचाउमा कांग्रेसका भ्रातृ संस्था आजदेखि देशैभर सडक आन्दोलन गर्ने,यो हुनु ठिक कि बेठिक आफ्नो बिचार राख्नु होस्

काठमाडौं-:  नेपाली कांग्रेसले उपसभापति विजय गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दाविरुद्ध आफ्ना भातृ संस्थालाई आजदेखि सडकमा उतार्ने भएको छ।पार्टी पदाधिकारीले केन्द्रीय कार्यालय सानेपामा भ्रातृ संस्थालाई अख्तियारको कदमविरुद्ध सडकमा उत्रन निर्देशन दिएका हुन्। पार्टीको निर्णयअनुसार प्रमुख दुई भ्रातृ संस्थाले विरोधको कार्यक्रम सार्वजनिक गरेका छन्।

घोषित विरोधको कार्यक्रमअनुसार नेपाल विद्यार्थी संघले दिउँसो एक बजे माइतीघरमा विरोध प्रर्दशन गर्ने भएको छ। तरुण दलले आइतबार सोहि स्थानमा विरोध प्रर्दशन गर्ने भएको छ।

बिहीबार विहान पार्टी सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ निवासमा बाेलएकाे पदाधिकारी बैठकमा राजनीतिक र कानुनी उपचार खोज्ने निर्णय गरिएको थियो। शीर्ष नेताको बैठकमा पार्टी निकट कानुनविदहरुसँग समेत परामर्श लिइएको थियो।

मन्त्रिपरिषद् बैठकका निर्णयको मुख्य जिम्मेवार व्यक्ति प्रधानमन्त्री भएको उल्लेख गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘राजनीतिक पुर्वाग्रह राखेर कांग्रेस उपसभापतिविरुद्ध मुद्दा दायर गरिएको छ। तत्कालीन प्रधानमन्त्री र मुख्य सचिवलाई उन्मुक्ति दिइएको छ।

प्रकाशित मिति February 7, 2020
Loading...