राजाहरु ले पैसा खाएर देश वेचेको इतिहास छैन, समर्थन गर्ने सबैले से-यर गरौं !

डा. प्रेम सिंह बस्न्यात नेपाली सेनाका पूर्वब्रिगेडियर जनरल हुनुहुन्छ । सैन्य इतिहासमा विद्यावारिधि गर्नुभएका बस्न्यातले धेरैवटा विषयमा स्नातकोत्तर गर्नुभएको छ । १४ पुस्तक लेखिसक्नु भएका बस्न्यातका दुई पुस्तक प्रकाशोन्मुख छन् । राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताबारे कडा र स्पष्ट बस्न्यातले यसपटकको अन्तर्वार्तामा निम्नानसारका धारणा राख्नु भएको छ–

म पछिल्लो राजनीतिक गतिविधिबाट उत्साहित छैन । मैले बुझेको जनता पनि उत्साहित छैनन् । जनता पनि दुई खालका छन् । एक स्वतन्त्र म जस्ता जनता र अर्को पार्टीका कार्यकर्ता । अहिलेको राजनीतिबाट खुसी भएको भनेको पार्टीका कार्यकर्ता हुन् ।

अहिले यस्तो माहोल सिर्जना भयो कि ६२/ ६३ को आन्दोलन पछि कसैले पनि शिक्षक, कर्मचारी, डाक्टर पाइलट, खरदार मुखिया, सुब्बा जे हुन पनि पार्टीको झोला बोक्नै पर्ने अवस्था सिर्जना भयो । अझ राजदूत र भिसी हुनका लागि त यस्तो धेरै आवश्यक पर्न थाल्यो । दलको पछि लागेकाहरुले घिस्रेर होस, चाहेर होस नचाहेर होस दलहरुले जे जे गर्छन उनीहरु ताली बजाउन विवस हुन्छन् । उनीहरुको रोजीरोटी त्यसमा जोडिएको छ ।

प्रकाशित मिति February 6, 2020
Loading...