लेखेर राख्नुहोस् आगामी चुनावमा नेकपाले दुई तिहाइ ल्यायो – ल्यायो : प्रधानमन्‍त्री ओली

काठमाडौं –:  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा नेकपाले दुई तिहाइ ल्याउने बताएका छन्। त्यसका लागि नेकपालाई कसैले रोक्ने नसक्ने दाबी ओलीको छ। ‘वर्तमान सरकारले विकासनिर्माणलाई गति दिएकाले आगामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न सक्दैन’, उनले भ

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै यस्तो बताएका हुन्। सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने उल्लेख गर्दै उनले भने, ‘म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो। कसैले रोकेर रोकिँदैन। रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ।

नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा उनले गरे। ओलीले नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गरे।ओलीले पार्टीका महिला नेताकार्यकर्तालाई आफ्नो सङ्गठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिए।

प्रकाशित मिति February 4, 2020
Loading...