गगनले भने – एमसीसीबारे नबुझि र नपढि बोल्न थाले जसरिनि पास हुन पर्छ !

काठमाडौं, २० माघ । नेपाली कांँग्रेसका नेता तथा पूर्व मन्त्री गगनकुमार थापाले बहुचर्चित एमसीसीको बिषयमा नपढिकन र नबुझिकन बोल्ने संस्कृतिले गर्दा पनि समस्या झन जटिल बन्दै गएको बताउनु भएको छ ।

पशुपति बहुमुखी क्याम्पसको ४० औ बार्षिकोत्सवको अवसरमा आज काठमाण्डौँमा आयोजित कार्यक्रममा नेता थापाले नेपाली समाजमा पठन पाठनको संस्कृतिमा कमी भएको हुँदा पनि एमसीसी जस्तो संवेदनशील विषयमा समाजमा झन बढी अन्यौल र अस्पष्टता छाएको चर्चा गर्नु भयो ।

विश्वविद्यालयस्तरमा शिक्षाको गुणस्तर खस्कदो अवस्थामा रहेको हुदाँ सरकारले व्यवहारिक र जीवनोपयोगी शिक्षाको विकासमा प्राथमिकता दिनु पर्र्ने पनि उहाँको भनाइ थियो । सांसद थापाले विश्वविद्यालयको गुणस्तर, पठनपाठनको संस्कृतिमा ह्रास आइरहेको उल्लेख गदै बजार र शिक्षाको गुणस्तर बीच तालमेल नहुदाँ शैक्षिक बेरोजगारी बढेको चर्चा गर्नु भयो ।

प्रकाशित मिति February 3, 2020
Loading...