(नेकपा)कार्यदलले आजैदेखि एमसिसीमा अध्ययन सुरु गह्र्यो  -वरिष्ठ नेता खनाल

काठमाडौं -: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले एमसिसीका बारेमा आफ्नो नेतृत्वको कार्यदलले आजैदेखि अध्ययन सुरु गरेको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले कार्यदलको पहिलो बैठकमा आज छलफलका विषयबस्तुको सुची चयार गर्ने र कसरी काम गर्ने भन्ने विषय छलफल भएको जानकारी दिए ।नेकपा केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को अध्ययन गर्न खनाल नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको भोलिपल्ट खनालले बैठक बोलाएका थिए ।

खनालको संयोजकत्वमा गठन गरिएको समितिमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्रीसमेत रहेका अर्का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली सदस्य छन् ।

प्रकाशित मिति February 3, 2020
Loading...