no-image

धनगढी:  कैलाली र कञ्चनपुरमा बिहीबार साँझको हावाहुरीबाट घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने  भएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रदेश प्रवक्ता प्रकाशबहादुर शाहले पत्रकार सम्मेलन गर्दै हावाहुरीबाट घाइते भएका सबैको उपचार  प्रदेश सरकारले गर्ने निर्णय गरेको  जानकारी दिए।

हावाहुरीबाट कैलालीका ७६ र कञ्चनपुरका ३३ जना घाइते भएका छन् । हावाहुरीबाट गम्भिर भएका केहीलाई भारत र नेपालगञ्जमा समेत रेफर गरिएको छ । घाइतेमध्य कञ्चनपुरका १५ र कैलालीका ६६ जना उपचार गरी घर फर्किएका छन् ।

दुवै जिल्लामा हावाहुरीका कारण विद्युत, खानेपानी, टेलीफोन लगायतका सेवा अवरुद्ध भएको छ ।

प्रकाशित मिति June 7, 2019
Loading...