कोइराला परिवार जसरी भएपनि देउवालाई धुलो चटाउने अभियानमा,एउटै मालामा बाधियो

कांग्रेस महाधिवेशनको रन्कोमा होमिएको छ । कोइराला परिवार जसरी भएपनि शेरबहादुर देउवालाई धुलो चटाउने अभियानमा लागेको छ ।तर, बरिष्ठ नेता रामचन्द्र पौडेल भने झर्ला र खाम्ला भनेर बसिरहेका छन् । पौडेल दिल्ली जानु अगाडि देउवाले राष्ट्रपति बनाउने आश्वासन दिएका थिए ।

पौडेल दिल्लीमा राजनाथसिंहसँग भेटेर फर्किएपछि राष्ट्रपति नखाने, आफूलाई सभापति वा प्रधानमन्त्री चाहिने घुर्की देउवालाई देखाएका छन् । त्यसैले देउवाले पौडेललाई प्रधानमन्त्री बनाउने बचन दिएका छन् ।

पौडेल र देउवावीच यस्तो गोप्य सहमति भएको सुनेर प्रकाश शरण महतले भन्दै थिए–प्रधानमन्त्री बन्न त प्रतिनिधिसभाको चुनाव जित्नुपर्छ नि ! कसो गोपालमान श्रेष्ठ ज्यू ?यो जानकारी आजको दृष्टि साप्ताहिकको बक्रदृष्टिबाट ।

यो नि हेर्नु होस् परदेसीको मन रुवाउने लोक गीत

प्रकाशित मिति January 28, 2020
Loading...