अब पत्रकारले जागिर खान लाइसेन्स परीक्षा दिनुपर्ने !

काठमाडौं -:  अब नयाँ पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत पारित भएको छ ।विधेयकमा पत्रकारको लाइसेन्स परीक्षा, दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्थामा पत्रकारको रूपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन, सोको पाठ्यक्रम तथा न्यूनतम योग्यता निर्धारण काउन्सिलले तोकेबमोजिम हुनेछ भन्ने उल्लेख छ ।

यसका लागि पाठ्यक्रम भने मिडिया काउन्सिलले निर्धारण गर्ने भनिएको छ । हाल कार्यरत पत्रकारले भने परीक्षा दिनुनपर्ने विधेयकमा उल्लेख छ । पत्रकारिताका क्षेत्रमा कार्यरत पत्रकारको विवरण काउन्सिलले एक वर्षभित्र संकलन गरी अभिलेख राख्ने विधेयकमा व्यवस्था छ ।
तर सञ्चारमाध्यमले लाइसेन्स नभएका पत्रकारलाई पनि जागिर दिन सक्नेछ ।

 

प्रकाशित मिति January 27, 2020
Loading...