ओली सरकारले मुलुककै जेठो विद्यालय ‘दरबार हाइस्कुल’ आकर्षक बनायो !भिडियो सहित

काठमाडौं -:  मुलुककै जेठो विद्यालय हो, दरबार हाइस्कुल । रानी पोखरी अगाडि रहेको यो विद्यालय विक्रम संवत् १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापना गरिएको हो । विक्रम संवत् १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा २०४८ देखि अन्य विषय पनि सर्वसाधारणले पढ्न पाए ।

 

 

 

तर, २०७२ वैशाख १२ गतेको भूक म्प यस विद्यालयलाई भत्का उनबाट बाँकी राखेन । भूक म्पले क्ष ति ग्र स्त बनेको सो विद्यालयको पुनर्निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्शनले पाएको थियो । चीन सरकारको पूर्ण सहयोगमा पुनर्निर्माण गरिएको यस विद्यालयको मुहार अहिले फेरिएको छ ।

८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको यो विद्यालय चारतले र ४० कक्षाकोठाकाको छ । विद्यालयको बाहिरी आवरण पहिलाको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको छ । शुरुमा निर्माण गर्दा माटो, इँट्टा र सुर्खी, माटो र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको हो ।

प्रकाशित मिति January 26, 2020
Loading...