रतन चीराल र गोमा कटुवाल को सुमधुर स्वरमा परदेशी गीत “चन्द्रमालाई छुने” सार्वजनिक  भिडियो

 बिनिता राया-: लामो समय देखि परदेशमा रहेर नेपली गीत संगीतमा टेवा पुराउदै आएको समुह दि एबी प्रिजेन्ट नेपालले फेरी अर्की निकै नै राम्रो मर्मस्पर्सी परदेशी गीत चन्द्रमालाइ छुने सार्वजनिक गरेको छ ।यस गीतमा सारा परदेशीका ब्याथालाइ प्रस्तुत गर्न खोजिएको हामी लाइ निर्देशकले बताउनु भो ।

 

परदेशमा बसेर गीत संगीतमा लाग्नु भएका गीतकार, मोडेल तथा निर्देशक केशब कटुवाल को निर्देशन तथा छायांकनमा बनेको उक्त गीतमा नया गायक तथा कुसल अभिनयका धनि रतन चिराल र चर्चित गायिका गोमा कटुवालको सुमधुर स्वरमा सजिएको छ ।

यस गीतमा सब्द पुस्पा पौडेलले गर्नु भएको छ र लय असिम अमित बोहोरा र अशिम कुमार कटुवालले गर्नु भएको हो । लामो समय देखि परदेशमा नै बसेर आफ्नो मोड्लिङ्ग क्षेत्रलाइ फराकिलो पार्दै आउनु भएका कलाकारहरु सबुज मगर, लाक्पा यूटी सेर्पा, पदम बोहरा र अस्मि लामोको निकै राम्रो अभिनय हेर्न पाहिन्छ भने उक्त गीतको भिडियो दुबईका भिबिन्न ठाउमा छायांकन गरिएको थियो ।भिडियोको सम्पादन कार्य चर्चित सम्पादक तथा छायाकार मिराज अर्यालले गर्नु भएको छ ।गीतको बजार ब्याबस्थापन दि एबी प्रिजेन्ट नेपाललेनै गरेको छ ।सम्पूर्ण युनिटलाइ हार्दिक बधाई तथा शुभकामना

प्रकाशित मिति January 26, 2020
Loading...