अब  काठमाण्डौँ धुलोमुक्त हुन्छ – केपी ओली !

काठमाडौँ,  माघ -:  राजधानी काठमाडौँका सडकको धूलो सफा गर्न हरेक रात पाँच वटा ब्रुमर परिचालन गरिन्छन् । साँझ ८ बजेबाट सुरु हुने सरसफाइबाट केही मुख्य सडक चिल्ला र रहर लाग्दा भएका पनि छन् तर निर्माण सामग्री ओसारपसार हुने क्षेत्रका सडकको हविगत भने सफा गरेकै केही बेरमा फोहोर हुने गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल बालुवा, गिटी, ढुङ्गा सहितका निर्माण सामग्री बोक्ने टिपर र ब्रुमरको सफाइको प्रतिस्पर्धा रातमा चल्ने गर्छ । एउटा टिपरले झार्दै गरेको धूलो सफा गर्दै ब्रुमर अगाडि बढ्छ, पछाडि आइरहेको अर्को टिपरले धूलो झार्दै आउँछ भन्नुहुन्छ ।

मुख्य नाकाका सडकबाट सुरु हुने यो प्रतिस्पर्धा राजधानीको मुटुसम्म रातमा रहनेगर्छ, जसका कारण काठमाडौँ महानगरपालिकाले धूलो सफा गर्न लिएको जिम्मेवारीमाथि नागरिकको आलोचना र टिप्पणी बढेको उहाँ बताउनुहुन्छ । काठमाडाँैं महानगर भएर गुड्ने टिपरको सङ्ख्या तीनदेखि चार सय छ ।

हामीले रातभरि धूलो बढार्छौं तर टिपर लगायत भित्र चउरमा पार्क हुने सवारीले हिलो र धूलो सडकमा ल्याउने क्रम घटेको छैन डङ्गोल भन्नुहुन्छ । उहाँका अनुसार नागढुङ्गा सडकबाट उपत्यका छिर्ने टिपर, भक्तपुर र ललितपुरबाट काठमाडौँ आउने टिपरले बढी बालुवा सडकमा थुपारेका छन् ।टुँडिखेल लगायतका खुला स्थानमा हुने विभिन्न कार्यक्रमका क्रममा भित्र चउरमा पार्किङ गरिएका सवारी साधनका चक्काले माटो, हिलो बोकेर मुख्य सडकमा खसाल्दा पनि सडकको धूलो निखार्न ब्रुमरलाई गाह्रो परेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति January 26, 2020
Loading...