भ्रमण वर्षलाइ लक्षित गर्दै गायक तथा सर्जक लक्षमण पौडेलले  ल्याए  “सुन्दर मेरो पाल्पा”  भिडियो सहित

युएइ – भ्रमण वर्ष(भिजिट नेपाल)२०२० लाइ सफल पर्न अहिले हामी सारा नेपाली देश तथा परदेश बाट लागि परेका छौ भने हरेक ब्यक्तिले केहि न केहि आफ्नो या आफ्नो ठाउँको परिभेशलाइ दर्साउदै गीत संगीत,फसबुक पोस्ट या भिबिन्न माध्यम बाट आफ्नो देशलाइ बिश्वो सामु चिनाउन लागि परेका छौ ।

यस्तै एक रमणीय ठाउँ पाल्पाको बणन गर्दै गायक तथा सर्जक लक्षमण पौडेलको “सुन्दर मेरो पाल्पा” गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा पाल्पाका रमणीय ठाउँहरु देख्न सकिन्न्छ र यस गीतले भ्रमण वर्षलाइ केहि हत सम्म टेवा पुराउनेमा गायक तथा सर्जक आशाबादी रहेको जानकारी गराउनु भो ।

उक्त गीतमा गायक दोय लक्षमण पौडेल र कल्पना पौडेलको सुमधुर स्वरमा सजिएको छ भने यस गीतको रचना तथा संगीत लक्षमण पौडेलले नै गर्नु भएको छ । यस भिडियोको छायांकन हरिनारायण चौधरी र मिराज अर्यालले गर्नु भएको हो र भिडियोको सम्पादन कार्य मिराज अर्यालले गर्नु भएको छ ।

प्रकाशित मिति January 23, 2020
Loading...