सर्लाही, ८ माघ -: सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उखु किसानहरुले आजबाट फेरि आन्दो लन गर्ने भएका छन् ।सरकार र उखु किसान संघर्ष समितिबीच गएको पुस १८ गते माघ ७ गतेभित्र सबै किसानको उखु बिक्री बापतको रकम भुक्तानी गर्ने सहमति भएको थियो ।नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले किसानसँग सरकारले गरेको पूर्व सहमति कार्यान्वयन नभएकाले सडक आन्दो लन गर्न लागेको जानकारी दिनुभयो ।
उखु किसानले उद्योगबाट पाउनु पर्ने १ अर्ब २० करोडमध्ये अहिलेसम्म जम्मा १५ करोड मात्र भुक्तानी पाएका छन् । सर्लाहीको बागदहमा रहेको महालक्ष्मी सुगर मिलले १० करोड, अन्नपुर्ण सुगर मिल धनकौलले ३५ करोड , श्रीराम सुगर मिल रौतहटले ४२ करोड र नवलपरासीको ईन्दिरा सुगर मिलले ९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
प्रकाशित मिति January 22, 2020