सिडि विजय अधिकारीको “मोहनी”मा सनम कठायत र ऋचा थापाको रोमान्स  (भिडियो सहित)

युएइ -:    पहिलो भोईस अफ नेपाल बिजेता लोकप्रिय गायक सिडि विजय अधिकारीको प्रतिक्षित गीत मोहनी एभरेष्ट ग्यालरी मार्फत सार्वजनिक भएकोछ । गीतकार नारद आचार्य सुदामाको शब्द रचनामा प्रसिद्ध संगितकार राजकुमार बगरको संगित रहेको उक्त गीतको भिडियो निर्माण एभरेष्ट ग्यालरी टिमले गरेको छ ।

मुस्ताङका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोमा अहिले का निकै चर्चित मोडल सनम कठायत र ऋचा थापालाइ आकर्षक प्रेम मुन्द्रामा हेर्न सकिन्छ ।

अन्जन शर्माको निर्देशन, मुकेश हुमागाइको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो सार्वजनिक भए सगै चर्चामा रहेको छ भने निर्माण समूहले दर्शक स्रोताको माया पाउने कुरामा आशिबदी रहेको जानकारी गरेको छ ।

प्रकाशित मिति January 18, 2020
Loading...