दुखत खबर,यूएईको आबुधाबीमा श्रमिक बोकेको बस दुर्घ’ट्ना, ६ नेपाली घा’इते

यूएई –:  आबुधाबीमा श्रमिक बोकेको बस दुर्घट्ना हुँदा पाँच जनाको ज्यान गएको छ ।यूएईको एमबीएम कम्पनीमा कार्यररत २४ जना श्रमिक बोकेको बस बिहीबार बिहान लरीमा ठोक्किदा नेपाली श्रमिकको पनि ज्यान गएको तर थप विवरण आउन बाँकी रहेको नेपाली दूतावास यूएईले जनाएको छ । दुर्घटनामा ६ नेपाली घाइते भएका छन् ।

बसमा रहेका २४ श्रमिक मध्ये १६ जना नेपाली श्रमिक रहेको तर कति जनाको ज्यान गएको छ कति घाइते छन् भनेर हामी तथ्याँक संकलन गरिरहेका छौं,’ नेपाली दूतावास आबुधाबीकी प्रवक्त्ता तथा उपनियोग प्रमुख रिता धितालले भन्नुभयो । घाइतेको आबुधाबीस्थित एनएमसी, माफ्रक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली श्रमिक पनि भएको जानकारी पाए लगत्तै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्की लगायत दूतावासका स्थानीय कर्मचारी आबुधाबीका विभिन्न अस्पतालमा पुगेका छन् । बसमा नेपालीसहित अफ्रिका, श्रीलङ्का लगायतका श्रमिक थिए ।

उमाकान्त पाण्डे – उज्यालो अनलाइन

प्रकाशित मिति January 16, 2020
Loading...